जनकपुरधाम, २३ बैशाख । नेपालबाट भारततर्फ अक्सिजन तस्करी गर्ने तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ का ३६ वर्षीय जमरुदिन राईन, वडा नं. २ का ५० वर्षीय दिनेश कुमार शर्मा र महोत्तरीको सोनमा गाउँपालिका वडा नं. ६ का विपिन चौधरी रहेको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
प्रहरीको गस्ती टोलीले महोत्तरीको जलेश्वर नगरपालिका ३ स्थित नेपालबाट भारततर्फ लैजाने प्रयोजनको लागि राखेको ३ थान भरिएको अक्सिजन सिलिण्डर नियन्त्रणमा लिएको थियो ।
त्यस्तै सोमबार जलेश्वर नगरपालिका वडा नं. १२ थरुवाहीस्थित लुकाईछिपाई नेपालबाट भारततर्फ स्कारपियो जीपमा ७/७ केजीको २ थान भरिएको अक्सिजन सिलिण्डर बरामद गरिएको प्रवक्ता विष्टले बताए । उनले पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा राखि थप अनुसन्धान भइरहेको बताए ।
तपाईको प्रतिक्रिया