भारतद्वारा नेपाललाई दुई हजार रेम्डिसिभिर हस्तान्तरण

समाचार

11/26/2020

काठमाडौं, ११ मंसिर । भारतीय विदेशसचिव हर्षबर्धन श्रृंगलाले नेपालका लागि कोभिड–१९ सम्बन्धी स्वास्थ्य सहयोग हस्तान्तरण गरेका छन् ।

उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई मन्त्रालयमा सो सहयोग हस्तान्तरण गरेका हुन् ।

उनले नेपालमा रहेका कोरोना संक्रमितको उपचारका लागि भनी दुई हजार भायल (सिसि) रेम्डिसिभिर औषधि सहायता हस्तान्तरण गरेका हुन् । त्यसका लागि मन्त्री ज्ञवालीले भारत सरकारलाई धन्यवाद दिएका छन्।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ