भारतद्वारा मुगुको प्रशासनिक तथा शैक्षिक भवन निर्माण

समाचार

7/8/2020

काठमाडौं, २४ असार । भारत सरकारले मुगु जिल्लाको रातापानीमा अवस्थित श्री महादेव मस्त चतुर्देव क्याम्पसको प्रशासनिक तथा शैक्षिक भवन निर्माण गरेको छ ।

नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रमअन्तर्गत ने.रु ३५.११ मिलियन लागतमा निर्माण गरिएको क्याम्पसको प्रशासनिक तथा शैक्षिक भवनको औपचारिक उद्घाटन गाउँ विकास परिषद्, विद्यालय व्यवस्थापन समिति रकाठमाडौंस्थित भारतीय राजदूतावासका प्रतिनिधिहरुद्वारा बुधबार भिडियो कन्फरेन्समार्फत गरिएको छ ।

सन् २००७ मा स्थापना भएको यस क्याम्पस समुदायको स्वामित्वको शैक्षिक संस्थान हो । विश्वविद्यालय अनुदान आयोग (युजिसी) बाट स्वीकृति प्राप्त सो क्याम्पस त्रिभुवन विश्वविद्यालयसँग आबद्घ रहेको छ ।

क्याम्पसले चार वर्षे स्नातक तहको पठनपाठन सञ्चालन गरेको छ । हुम्ला र बाजुरा लगायत २४ भन्दा बढी गाविसका विद्यार्थीहरु अध्ययनरत यस क्याम्पसमा योग्य विद्यार्थीहरुका लागि विविध छात्रवृत्तिको व्यवस्था पनि रहेको छ ।

नयाँ प्रशासकीय तथा शैक्षिक भवन निर्माणको कार्यान्वयन जिल्ला समन्वय समितिले गरेको हो । यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारको प्रयासलाई पुरा गर्ने सहयोगीको रुपमा रहेको यस परियोजनासँग जोडिन पाएकोमा भारत सरकारले खुशी व्यक्त गरेको दूतावासले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ