भारतद्वारा विद्यालय पुनर्निर्माणका लागि ३ करोड ६ लाख सहयोग

समाचार

1/6/2021

काठमाडौं, २२ पुस । भारतले भूकम्पले भत्किएका विद्यालयहरूको पुनर्निर्माणको लागि ३ करोड ६ लाख रुपैयाँ सहयोग गरेको छ ।

काठमाडौंस्थित भारतीय दूतावासकी मिसन उप प्रमुख नामग्या खम्पाले भूकम्पबाट प्रभावित विद्यालयहरूको पुनर्निर्माणको लागि ३०६ मिलियन नेपाली रुपैयाँ राष्ट्रिय भूकम्प पुनर्निर्माण प्राधिकरणका सीईओलाई हस्तान्तरण गरेकी हुन् ।

भारतले नेपालका ८ वटा जिल्लाहरूका ७१ शैक्षिक संस्थाको पुनर्निर्माणका लागि ५० लाख अमेरिकी डलरको प्रतिबद्धता गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ