काठमाडौं, ३ साउन । भारत सरकारले नेपाललाई १५० थान आईसीयू बेड सहयोग गरेको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आज कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई उक्त बेड हस्तान्तरण गरेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा भारतको सहयोगका लागि धन्यवाद दिँदै मन्त्री कार्कीले ती शय्या अस्पतालहरुको आवश्यकता हेरी तुरून्त वितरण सुरु गरिने बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको कार्यक्रममा भारतीय राजदूत विनयमोहन क्वात्राले भारतीय सरकारका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई आईसीयू बेड उपहार स्वरुप हस्तान्तरण गरेका हुन्।
यसैबीच भारतीय दूतावासले राजदूत क्वात्राले मन्त्री कार्कीलाई उपहार हस्तान्तरण गर्दै गरेको तस्बिर सार्वजनिक गर्दै नेपालमा कोभिड–१९ विरुद्ध लड्नका लागि स्वास्थ्य पूर्वाधार विकासका लागि भइरहेको सहयोगलाई सुदृढ पार्दै जाने जनाएको छ ।
तपाईको प्रतिक्रिया