काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट कोरोना भाइरसविरुद्धको खोप खरिद गर्न लागिएको बताएका छन् ।
उनले बुटवलको सभामा बोल्दै भारत र चीनबाट कोरोना खोप केही अनुदान र बाँकी खरिद गरी ल्याउन लागिएको बताए ।
‘भारत र चीनबाट भ्याक्सिन ल्याउँदैछौं, केही अनुदान र केही खरिद गरी ल्याउँछौं,’ ओलीले भने । उनले कोरोना भाइरसविरुद्धको संघर्षमा नेपाल निकै सफल भएको बताए ।
भारतले सेरम कम्पनिले उत्पादन गरेको अक्सफोर्डको कोभिशिल्ड खोप १० लाख डोज अनुदान स्वरुप दिइसकेको छ । चीनले ५ लाख डोज सिनोफामको खोप अनुदान दिने घोषणा गरेको छ ।
बेलायतले पनि २० लाख डोज खोप अनुदान दिने घोषणा गरिसकेको छ । त्यसबाहेकका खोप नेपालले खरिद गर्ने प्रक्रिया बढाइसकेको छ ।
तपाईको प्रतिक्रिया