भारतबाट थप १०० मेगावाट बिजुली ल्याइने

समाचार

1/31/2021

काठमाडौं, १८ माघ । नेपाललाई थप १०० मेगावाट बिजुली दिन भारत सरकार सहमत भएको छ । ऊर्जासम्बद्ध नेपाल(भारत संयुक्त प्राविधिक समूहको बैठकमा भारतले ढल्बेकबर-मुजफ्फरपुर ४ सय केभीको प्रसरणलाइनमार्फत थप १०० मेगावाट बिजुली दिन सहमति जनाएको हो ।

यो लाइनबाट नेपाल विद्युत प्राधिकरणले २५० मेगावाटसम्म बिजुली आयात गरिरहेको छ । प्राधिकरणका एक अधिकारीका अनुसार अब ४ सय केभीको सो अन्तरदेशीय प्रसारण लाइनबाट ३५० मेगावाटसम्म बिजुली आयात गर्न बाटो खुलेको छ ।

जाडो मौसमका कारण अहिले साँझको सयममा बिजुलीको उच्च माग छ । त्यसलाई धान्न कठीन भएपछि नेपालले थप बिजुली उपलब्ध गराउन भारतसँग प्रस्ताव गरेको थियो ।हात भारतबाट विभिन्न अन्तरदेशीय प्रसारणलाइनबाट पिक अवावरमा ६८० मेगावाटदेखि ७ सय मेगावाटसम्म बिजुली आयात भइरहेको छ ।

अब त्यो परिमाण ८ सय मेगावाटसम्म पुग्नेछ । अहिले प्रणालीमा १४६४ मेगावाटको पिक लोड छ । त्यसमध्ये करिब साढे ७ सय मेगावाट बिजुलीको माग आन्तरिक उत्पादनले धानेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ