जनकपुरधाम, २८ चैत । प्रदेश २ को सीमानाकाबाट एक सय ५६ वटा मालवाहक गाडी नेपाल भित्रिएका छन् । वीरगञ्जस्थित इनरवा नाका हुँदै तरकारी र फलफूल बोकेका १९ वटा गाडी र ३९ वटा पेट्रोलियम पदार्थ बोकेका ट्यांकर नेपाल प्रवेश गरेका हुन् ।
पर्साकै एकीकृत भन्सार जाँच चौकी हुँदै ५३ वटा मालवाहक ट्रक, १७ वटा रिफाइन आयल, ३५ वटा टेलर तथा ४८ वटा एलपीजी ग्यास बोकेको बुलेट, एउटा मेसिनरी मालसमान बोकेको पिकअप र २ कन्टेनर गरी १ सय ५६ वटा मालवाहक गाडी भित्रिएको प्रदेश २ समाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए ।
यस्तै पर्साको सुखा बन्दरगाहमा रहेको ८७ वटा कन्टेनर, १२ वटा स्पोन्ज आइरन र २ मालवाहक ट्रक नेपाल भित्रिएको उनले बताए । उनका अनुसार बुधबार र बिहीबार गरी चारवटा ट्यांकरसहित १ सय ४ वटा गाडी भारततर्फ गएको छ ।
तपाईको प्रतिक्रिया