काठमाडौं, १५ चैत । भारतको चेन्नईमा अलपत्र १४ नेपाली तीर्थयात्रीको उद्धार गरिएको छ । कोभिड–१९ को संक्रमणका कारण भारतको चेन्नईस्थित नोलाम्बोमा अलपत्र उनीहरुको उद्धार गरिएको हो ।
ग्रेटर चेन्नई कर्पोरेशनका कमिशनर जी प्रकाश, निःशब्द सेवा चेन्नईका संस्थापक ई ए विश्वोनथन, डा नेहा मयुर, फुड बैंक भारतका संस्थापक स्नेहा मोहान्डोसलगायतसँगको सहयोग र सहकार्यमा उनीहरुको उद्धार गरिएको अन्तर्राष्ट्रिय युवा केन्द्र नेपालका अध्यक्ष राजकुमार कट्टेलले जानकारी दिए ।
नेपाल र भारत दुबै देशमा लकडाउन गरिएकाले खुलेपछि उनीहरुलाई नेपाल ल्याइने अध्यक्ष कट्टेलले बताए । उद्धार गरिएकामध्ये झापाका आठ तथा मोरङ र पाँचथरका तीनरतीन जना छन् ।
तपाईको प्रतिक्रिया