भारतमा कोरोनाविरूद्धको खोप मुसा र खरायोमा सफल

समाचार

7/16/2020

काठमाडौं, १ साउन । भारतले कोरोना भाइरसविरुद्धको खोप मानिसमा परीक्षण गर्ने तयारी गरेको छ । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका डायरेक्टर जनरल बलराम भार्गवले दुई वटा खोप मानिसमा परीक्षणको तयारी भएको बताएका छन् ।

मुसा र खरायोमा सफल परीक्षण भइसकेको कोरोनाविरूछको खोप मानिसमा परीक्षणका लागि ड्रग्स कन्ट्रोलर जेनेरलले स्वीकृति दिइसकेको भार्गवले जनाएका छन् ।

खोप बनाउनमा भारत बायोटेक्निकल इन्टरनेश्नल लिमिटेड र जायडस कैडिलाले सहकार्य गरेका छन् । दुबै कम्पनीले आफ्नो खोप मानिसमा परीक्षण गर्नका लागि तयार भएको बताएका छन् । कोभ्याक्सिन नामकरण गरिएको खोप २ हजार जनामा परीक्षण गरिनेछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ