काठमाडौं, ५ भाद्र । विश्वभर कोरोना भाइरसको महामारीपछि म्याक्सिन बनाएर त्यसलाई नियन्त्रण गर्ने प्रयासमा विकसित मुलुकहरु जुटिरहेका छन् ।
त्यसैगरी भारतले पनि परीक्षणलाई तीव्रता दिएको छ । भारतले तीन भ्याक्सिन अलग अलग ट्रायल स्टेजमा विकसित गरिरहेको छ ।
नीति आयोगका सदस्य डा वीके पालका अनुसार एक भ्याक्सिन ट्रायलको तेस्रो चरणमा सामेल भएको छ । एक भ्याक्सिन पहिलो र अर्को भ्याक्सिन दोस्रो चरणमा रहेको छ ।
भारतमा कोरोना भाइरसका संक्रमितहरु बढिरहँदा भ्याक्सिनको महत्व अझै बढिरहेको छ । अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित देखिएका छन् ।
तपाईको प्रतिक्रिया