काठमाडौं, २१ भाद्र । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्यामा भारतमा ४१ लाखको आँकडा पारेको छ । योसँगै कोरोना प्रभावित विश्वकै दोस्रो नम्बरमा भारत आएको छ ।
भारतमा एकैदिन ९० हजार बढीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
अहिलेसम्म भारतमा ४१ लाख १३ हजार आठ सय ११ जना संक्रमित फेला परिसकेका छन् भने ७० हजार ६ सय २६ को मृत्यु भइसकेको छ । यसैगरी ३१ लाख ८० हजार आठ सय ६५ निको भएका छन् ।
पछिल्लो २४ घण्टामा १० लाख ९२ हजार ६५४ नमुना परीक्षण गर्दा ९० हजार ६३३ जनामा संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया