भीमदत्तनगर, ३१ बैशाख । भारतमा ४५ दिन क्वारेन्टाइन बसेका दुई सय ४२ जना नेपालीलाई स्वदेश ल्याइएको छ । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट उनीहरूलाई नेपाल ल्याइएको हो ।
सीमावर्ती भारतीय बजार वनवासाको स्कुलमा क्वारेन्टाइन बसेका दुई सय ५१ जनामध्ये पहिलो दिन ७५ र दोस्रो दिन एक सय ६७ जनालाई भारतीय पक्षसित समन्वय गरी स्वदेश फिर्ता ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले वनवासामा ४५ दिन क्वारेन्टाइनमा बसेका नागरिकलाई समन्वय गरी ल्याइएको जानकारी दिए ।
भारतीय पक्षले क्वारेन्टाइनबाट घर जान अनुमति दिएका नागरिकले प्रहरीले सीमाक्षेत्रबाट उद्धार गरी यहाँको क्वारेन्टाइनमा कोरोना जाँचका लागि राख्ने गरेको छ ।
तपाईको प्रतिक्रिया