भारतमा चार्टर्ड र नियमित उडान नहुने

समाचार

8/27/2020

काठमाडौं, ११ भाद्र । सरकारले भदौ १६ देखि सुरु गर्न लागेको अन्तर्राष्ट्रिय उडान भारतबाट नहुने भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको भदौ १६ देखिको चार्टर्ड तथा नियमित उडान तालिकामा भारतको कुनै पनि गन्तव्य समेटिएको छैन ।

नेपालमा लकडाउन सुरु हुनुअघि नेपाल वायुसेवा निगमले मात्रै दिल्लीमा साताको १४, बैंगलोर र मुम्बईमा साताको ३–३ उडान भर्दै आएको थियो ।

भारत सरकारले हाललाई उडान अनुमति नदिएको, सबै विमान कम्पनीले गरेर दैनिक पाँच सय मात्रै नेपाली ल्याउन अनुमति भएको र भारतमा रहेका नेपालीहरू सडकमार्गबाट समेत आउन सक्ने भएकाले यसपटकको नियमित र चार्टर्ड उडानमा भारतलाई नसमेटिएको जनाइएको छ ।

तर कूटनीतिक नियोग, सरकारले आवश्यक परेको अवस्थामा भारतको कुनै एक गन्तव्यमा उडान भर्न सक्ने जनाइएको छ ।

सरकारले पिसिआर परीक्षण सहज भएका मुलुकबाट नियमित र असहज भएका मुलुकबाट चार्टर्ड उडान गर्ने भने पनि भारत उडान तालिकाको समेटिएको छैन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ