काठमाडौं, ३ साउन । प्रधानमन्त्री केपी ओलीले भगवान् रामको जन्म भारतमा नभई नेपालमै भएको भन्ने अभिव्यक्तिलाई लिएर भारतीयहरूले भारतको बनारसमा रहेका नेपालीलाई दुर्व्यवहार गरेका छन् ।
भारतका हिन्दुवादीहरुले प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिको विरोधमा त्यहाँ रहेका एक नेपालीको कपाल मुण्डन गरेर नेपाल र प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी लगाउन बाध्य पारिएको छ । भारतीयहरूले नेपालीको टाउकोको कपाल मुण्डन गरेर श्रीराम लेखेका छन् ।
उक्त घटनाबारे भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले चासो देखाएका छन् । राजदूत आचार्यले ट्वीटरमा उक्त घटनाबारे उत्तर प्रदेशको मुख्यमन्त्री कार्यालयसँग कुरा भएको जनाएका छन् ।
तपाईको प्रतिक्रिया