भारतमा ३ मेसम्म लकडाउन बढाइयो

समाचार

4/14/2020

काठमाडौं, २ बैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले १९ दिन लकडाउन लम्ब्याएको घोषणा गरेका छन् । भारतमा २१ दिने लकडाउन सकिनै लाग्दा उनले मंगलबार बिहान विशेष सम्बोधन गर्दै ३ मे सम्म लकडाउन लम्ब्याएको घोषणा गरेका हुन् ।

‘अब ३ मईसम्म लकडाउन लम्ब्याइएको छ,’ उनले भने, ‘सामाजिक दुरी र लकडाउनको लाभ देशलाई मिलेको छ ।’ आर्थिक दृष्टिले यो महङ्गो सावित भएपनि भारतवासीको जिन्दगीको अगाडि यसको कुनै तुलना नभएको बताए ।

उनले भने, ‘भारत जुन मार्गमा चलेको छ त्यसको चर्चा दुनियाँभरमा भएको छ ।’

त्याग गरेर देशलाई नोक्शान हुनबाट बचाएको भन्दै धन्यवाद व्यक्त गरे । भारतले संक्रमणबाट रोक्न अन्य देशको तुलनामा महत्वपूर्ण काम गरेको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ