काठमाडौँ । बलिउड कलाकार सोनु सूदले दिल्लीमा उपचाररत एक जना नेपाली युवकलाई उपचारमा सघाउने भएका छन् । एंकिलोजिङ स्पोन्डिलाइटिस रोगबाट पीडित मधु पौडेल नाम गरेका एक नेपाली युवकको उपचारमा कलाकार सूदले सघाउने भएका हुन् ।
केही दिनअघि मधुले ट्विटरमा एउटा भिडियो पोस्ट गर्दै सूदसँग सहयोग मागेका थिए । उनले लेखेका थिए, ‘हेल्लो सर, म नेपालबाट मधु पौडेल हुँ । १० वर्षदेखि म एंकोलोजिङ स्पोन्डिलाइटिस रोगबाट पीडित छु । यसैका कारण मैले कक्षा १० मै पढाइ छाड्नुपरÞ्यो । एम्स अस्पतालका डाक्टरहरुले मलाई अपरेसन गर्न सुझाव दिएका छन् तर मसँग त्यसका लागि पैसा छैन । कृपया मलाई सहयोग गरिदिनुहुन्छ कि ।’
सोमबार ट्वीट गर्दै सूदले मधुको उपचारमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले लेखेका छन्, ‘अतिथि देवो भवः । भारतबाट तपाईँ आफ्नो देश नेपाल बिनालट्ठी दौडँदै जानुहुनेछ ।’ एंकोलोजिङ स्पोन्डिलाइटिस जोर्नीसम्बन्धी दुर्लभ रोग मानिन्छ । जसले कम्मरको हड्डीलाई प्रभावित गर्छ ।
तपाईको प्रतिक्रिया