बुटवल, २३ चैत । नेपाल–भारत सीमा सुगौली नाकामा अलपत्र परेपछि भारतको नौतनवास्थित क्वारेन्टाइनमा राखिएका नेपालीहरुको अवस्था बुझ्न प्रदेश ५ का प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय नौतनवा पुगेका छन् ।
भारतका तीनवटा विद्यालय र कलेजमा बनाइएका क्वारेन्टाइनमा रहेका तीन सय बढी नेपालीको अवस्थाबारे बुझ्न रुपन्देही क्षेत्र नं. ३(क) बाट निर्वाचित प्रदेशसभा सदस्य पाण्डेय नौतनवा पुगेका हुन् ।
भारतले तीन अलग–अलग स्थानमा व्यवस्थित ढंगले क्वारेन्टाइनमा नेपालीहरु राखेको प्रदेशसभा सदस्य पाण्डेयले जानकारी दिए ।
पाण्डेयले नौतनवमा रहेका नेपालीहरुलाई आफूले प्रत्यक्ष भेटेर उनीहरुको अवस्थाबारे जानकारी लिएको बताए ।
सुनौली ग्राम पञ्चायत र नौतनवा नगर पञ्चायत प्रतिनिधिहरुको प्रत्यक्ष निगरानीमा नेपालीहरुलाई राखिएकोले अवस्था सामान्य रहेको उनले बताए ।
तपाईको प्रतिक्रिया