काठमाडौं, ८ मंसिर । पूर्वी नाका काँकडभिट्टामा लायन्स क्लब अफ काँकडभिट्टाले नेपाल प्रवेश गरेका सबै भारतीय सवारी साधनहरुमा नेपाल भ्रमण वर्ष २०२० को लोगो अङ्कित पोस्टर टाँस्ने अभियान सुरु गरेको छ ।
संघीय सांसद् राम कार्की तथा प्रदेशसभा सदस्यद्वय श्रीप्रसाद मैनाली र गोपाल बुढाथोकीले डब्लुबी ७४ एके ८८६४ नंको भारतीय गाडीमा संयुक्त रुपमा पोस्टर टाँसेर अभियानको सुरुआत गरेका हुन् ।
रङ्गीन कलेवरमा पर्यटन वर्षको लोगोसहित छापिएको पोस्टरमा ‘नेपाल भ्रमण वर्ष २०२० मा पाल्नुहुने सम्पूर्ण वैदेशिक तथा आन्तरिक पर्यटकहरुलाई स्वागत गर्दै पर्यटन वर्ष सफल पारौँ’ उल्लेख गरिएको छ ।
भूटान, बङ्गलादेश, म्यान्मा र उत्तरपूर्वी भारतको पश्चिम बङ्गाल, सिक्किम, मेघालय, आसाम, नागाल्यान्ड, मिजोरम लगायत प्रान्तका पर्यटकहरुका लागि नेपाल प्रवेश गर्ने सबैभन्दा सहज स्थलनाका काँकडभिट्टा नै हो ।
तपाईको प्रतिक्रिया