भारतीय प्रधानमन्त्रीद्वारा पीएम–केयर्स कोषको घोषणा

समाचार

3/29/2020

काठमाडौं, १६ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध लड्न पीएम–केयर्स कोषको घोषणा गरेका छन् ।

उनले जनताहरुलाई कोरोना भाइरसविरुद्ध लड्न सहयोगको अपिल गर्दैै प्राइम मिनिस्टर्स सिटिजन इसिस्टेन्ट एण्ड रिलिफ इन इमर्जेन्सी सिचुएसन्स फण्ड (पीएम–केयर्स)को घोषणा गरेका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् मोदीले यो भाइरसको कारण ज्यान गुमाएका परिवारले यो भाइरसविरुद्धको लडाइँमा सरकारलाई सहयोग गर्ने इच्छा व्यक्त गरेको कारण उनीहरुको इच्छाको सम्मान गर्दै यो कोष स्थापना गरिएको जानकारी दिए । यो अभियानले स्वस्थ भारत निर्माणमा सहयोग पुग्ने उनको विश्वास छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ