भारतीय राजदूतले गरे कुमारी घर पुनर्निर्माणको शिलान्याश

समाचार

3/9/2021

काठमाडौं, २५ फागुन । ललितपुरमा रहेको कुमारी छेँ र कुमारी घर पुनर्निर्माण हुने भएको छ । २०७२ सालको भुकम्पले क्षतिग्रस्त रहेको ललितपुरस्थित कुमारी छेँ र कुमारी घर भारत सरकारको अनुदानमा पुनर्निर्माण हुने भएको हो ।

मंगलबार भारतीय राजदुत विनयमोहन क्वात्राले ललितपुर महानगरपालिका वडा नं. १६ मा रहेको कुमारी छेँ र कुमारी निवासको शिलान्यास गरे ।

भारत सरकारको आर्थिक अनुदानमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ४ करोड ५५ लाख ९४ हजार ९ सय ८५ रुपैयाँ ३२ पैसाको लागतमा भइरहेको भौतिक संरचनाको पुनर्निर्माण र नयाँ कुमारी घर निर्माण गर्न लागिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना इकाइ भवन आयोजना निर्देशक श्याम किशोर सिंहले बताए ।

भौतिक संरचनाहरु पुरानै मौलिक स्वरुपमा बनाउने र सिमेन्ट डन्डीको प्रयोग नगरिने उनले बताए। डेढ वर्षमा सम्पन्न गरिसक्ने गरी बनाउन लागिएको भवन भूकम्प प्रतिरोधी बनाइने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ