काठमाडौं, १५ माघ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले विश्वको दोस्रो उच्च शिखर केटु आरोहक नेपाली टोलीलाई बधाई दिएका छन् ।
उनले ट्वीट गर्दै बधाई दिएका हुन् । उनले उनीहरूको अदम्य साहस र आपसी सहयोगको पनि कदर गरेका छन् ।
उनी लेख्छन्– ‘रेकर्ड ब्रेकिंग उपलब्धिका लागि केटु आरोहक नेपाली टोलीलाई बधाई। उहाँहरूको अदम्य साहस र टीम वर्कलाई सलाम’
शिशिर ऋतुमा पहिलो पटक विश्वको दोश्रो अग्लो केटु हिमाल चढेर विश्व कीर्तिमान कायम नेपाली आरोहीहरुले गरेका छन् ।
आरोहीहरुमा निर्मल पुर्जा सहित मिङ्गमा डेभिड शेर्पा, मिङमा ग्याल्जेन शेर्पा, पेम्पाछिरी शेर्पा, दावा शेर्पा, ग्याल्जे शेर्पा, किली पेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र पेमछिरी शेर्पा र सोना शेर्पा रहेका छन् ।
तपाईको प्रतिक्रिया