भारतीय राजदूत क्वात्रा ‘सेल्फ आईसोलेशन’ मा

समाचार

10/11/2020

काठमाडौं, २५ असोज । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा सेल्फ आइसोलेशनमा बसेका छन् । संस्कृति, पर्यटन तथा नगारिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईलाई कोरोना संक्रमण भएपछि उनी सेल्फ आईसोलेशनमा बसेका हुन् । राजदूत क्वात्राले शुक्रबारमात्रै मन्त्री भट्टराईलाई भेटेका थिए । शनिबार मन्त्री भट्टराईलाई कोरोना संक्रमण भएको रिसोर्ट आएको हो ।

मन्त्री भट्टराईसँग भेटेपछि राजदूत क्वात्रा अहिले सेल्फ आईसोलेशनमा छन् र उनले भेटघाटलाई पूर्ण रुपमा स्थगन् गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ