सर्लाही, २५ माघ । सर्लाहीको बलरा नगरपालिकास्थित बलरा बजार हुँदै गडहियासम्म जोड्ने कालोपत्रे सडक भारतीय महावाणिज्य दूतावासका दूतले उद्घाटन गरेका छन् ।
वीरगंजस्थित नेपालका लागि भारतीय महावाणिज्य दूत नीतिश कुमार र क्षेत्र नम्बर ४ बाट निर्वाचित विघटित संघीय सांसद् डा. अमरेश कुमार सिंहले संयुक्त रूपमा सडक उद्घाटन गरेका हुन् ।
भारतीय सीमावर्ती बजार बसफिट्टा नाकाछेउ नेपालतर्फको श्रीकट्टा देवीको मन्दिर नजिक ३३९÷२ सीमा पिलर छेउ बनाइएको स्तम्भमा रिबन काटेर कालोपत्रे सडकको उद्घाटन गरिएको हो ।
भारत सरकारको आर्थिक सहयोगमा डिभिजन सडक कार्यालय रौतहट चन्द्रपुरले आह्वान गरेको टेण्डर अनुसार ६ किलोमिटर सडकखण्ड कालोपत्रे सम्पन्न भएको हो। सडकमा ह्यूमपाइप हाल्ने र कल्भर्ट निर्माण समेत भएको जानकारी दिइएको छ ।
तपाईको प्रतिक्रिया