काठमाडौं, १२ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल–भारतबीच राजनीतिक तहमा निरन्तर सम्पर्क र छलफलमा जोड दिएका छन् ।
उच्च राजनीतिक तहमा हुने संवादले दुई मुलुकका बीचको सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने देउवाको भनाइ छ ।
दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगलासँगको भेटवार्तामा कांग्रेस सभापति देउवाले राजनीतिक तहमै संवादमा जोड दिएका हुन् ।
‘दुई ‘मुलुकबीच उच्च राजनीतिक राजनीतिक तहमा छलफल र सम्पर्क विस्तारलाई बढावा दिनुपर्छ,’ देउवाले भने, ‘यसले नेपाल–भारत सम्बन्धलाई बलियो बनाउँछ भन्ने धारणा थियो ।’
भट्टराई कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुँदा परराष्ट्र सल्लाहकार थिए । भेटवार्तामा सभापति देउवासँगै बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि सहभागी थिए ।
उनीहरुबीच नेपाल भारत सम्बन्ध बहुआयामिक र व्यापक रहेको उल्लेख गर्दै यसलाई थप मजबुत बनाउदै अगाडि बढ्नुपर्नेमा छलफल भएको थियो ।
कांग्रेस सभापति देउवाले नेपाल भारतबीच सम्झौता भएका तर कार्यान्वयनमा नआएका परियोजनाको काम अगाडि बढाउनुपर्नेमा विशेष जोड दिएका थिए ।
उनले पञ्चेश्वर परियोजनाको नाम लिदै वर्षौं अघि सम्झौता भएपनि काम निर्माणमा ढिलाई भएकोतर्फ भारत सरकारको ध्यानाकर्षण गराएका थिए ।
तपाईको प्रतिक्रिया