भारतीय विश्व प्रसिद्ध धावक मिल्खा सिंहको निधन

समाचार

6/20/2021

काठमाडौं, ६ असार । चर्चित भारतिय एथ्लेट्स मिल्खा सिंहको ९१ वर्षको उमेरमा निधन भएको छ । चारपटक एसियन गेम्समा गोल्ड मेडल जितेका मिल्खाले १९६० को रोम ओलम्पिकमा ४०० मिटरमा चौंथो स्थान हासिल गरेका थिए । पोस्ट कोभिडका कारण उनको निधन भएको जनाइएको छ ।

उनले कोरोनाकै कारण ५ दिन अघि मात्रै ८५ वर्षिय पत्मी निर्मल कौरलाई गुमाएका थिए । उनी पुर्व भारतीय भलिबल कप्तान रहेकी थिइन् ।

मिल्खाको १५ दिन अघिदेखी चण्ढीगढमा आइसियुमा राखेर उपचार भइरहेको थियो । ३ जुनमा अक्सिजन लेवल घटेपछि आइसियुमा लगिएको थयो । २० मे मा उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।

१९५८ मा टोकियोमा आयोजना भएको एसियन गेममा उनले २०० र ४०० मिटर तथा राष्ट्रमंडल ४०० मिटरमा स्वर्ण जितेका थिए । उनलाई भारत सरकारले पदम श्रीले सम्मान गरेको थियो । त्यस्तै, १९६४ मा एसियन गेममा थप २ स्वर्ण जितेका थिए ।

मिल्खा सिंह ‘फ्लाइङ सिख’को उपनामले समेत चर्चित छन् । मिल्खा सिंहको जीवनमा आधारित रहेर २०१३ मा एक हिन्दी फ्लिम भाग मिल्खा भाग बनेको थियो । मिल्खाका तीन छोरी र एक छोरा रहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ