भारतीय शोधकर्ताहरुले पत्ता लगाए कोरोना रोक्ने नयाँ तरिका !

समाचार

9/9/2020

काठमाडौं, २४ भाद्र । भारतमा कोरोना भाइरसको संक्रमण दर विश्वमै सबैभन्दा बढी देखिएका बेला भारतीय शोधकर्ताले कोरोना भाइरसको संक्रमण रोक्ने नयाँ तरिका पत्ता लगाएको दाबी गरेका छन् ।

भारतको गुवाहाटीस्थित ईन्डियन ईन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) का शोधकर्ता विद्यार्थीहरुले कोभिड– १९ को पहिचान र रोकथामका लागि नयाँ तरिका पत्ता लगाएको जनाएका हुन् ।

आईआईटीका विद्यार्थीहरुले कोरोना भाइरस र सरफेस स्पाइक प्रोटिनको बीचमा बायो इन्टरफेस इन्ट्र्याक्सन विधिद्वारा कोरोना भाइरसको पहिचान र रोकथाम गर्ने उपायको विकास गरेको दाबी गरेका हुन ।

रिसर्च स्कलर्सहरुको भनाई अनुसार कोभिड–१९ इनर न्युक्लिक एसिडबाट बनेको हुन्छ । जसलाई सरफेस स्पाइक ग्लाइकोप्रोटिनले ढाकेको हुन्छ । रिसर्च स्कलर्सद्वारा तयार पारिएको सतह अर्थात लेयरलाई भाइरस पत्ता लगाउन र यसको संक्रमण रोक्न उपयोग गर्न सकिन्छ ।

शोधकार्यका विद्यार्थीहरुले तयार पारेको सतह अर्थात लेयरलाई पीपीईमा लगाउन सकिने प्रोफेसर पाण्डेयलाई उद्धृत गर्दै एनडिटिभीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ