भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको गार्ड अफ अनर

समाचार

11/5/2020

काठमाडौं, २० कार्तिक । नेपालको तीन दिने भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज कुमार नरवणेलाई नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको छ । उनलाई सेनाले आर्मी हेडक्वाटरमा बिहीबार गार्ड अफ अनर प्रदान गरेको हो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपालको तीन दिने भ्रमणका लागि उनी बुधबार काठमाडौं आइपुगेका हुन् । नरवणेले बिहीबार नै बसन्तपुर गएर जीवित देवी कुमारीको दर्शन गरेका छन् । यसैक्रममा उनले पशुपतिनाथको बाहिरबाटै दर्शन समेत गरे । उनी शुक्रबार स्वदेश फर्किने छन् ।

सेनाध्यक्ष नरवणेले जङ्गी अड्डा परिसरमा ओखरको बिरुवा रोपे । त्यसलगत्तै प्रधानसेनापति थापा र स्थलसेनाध्यक्ष जनरल नरवणेबीच औपचारिक भेटवार्ता भएको छ ।

यसअघि स्थलसेनाध्यक्षले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जलि अर्पण गरे । दुई देशबीचको सुरक्षा सहयोग आदानप्रदानसम्बन्धि तेह्रौँ बैठकमा भएको सहमतिअनुरुप स्थलसेनाध्यक्ष नरवणेले सैनिक मुख्यालयमा केही बेरमै नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ