काठमाडौं, २३ कार्तिक । नेपालको तीनदिने औपचारिक भ्रमणमा आएका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले शुक्रबार नेपाली सैनिक कमान्ड तथा स्टाफ कलेज शिवपुरीमा आफ्नो कार्य क्षेत्रको अनुभव सुनाएका छन् ।
उनले त्यहाँ रहेका तालिमरत शिक्षार्थीहरुलाई सम्बोधन आफूले लामो सैनिक सेवामा पाएको सफलता र प्राप्त अनुभवहरु सुनाएका हुन ।
जङ्गी अड्डामा भएको औपचारिक भेटवार्तामा दुई प्रधान सेनापतिबीच आपसी सुरक्षा चासोका विषयहरुमा खुला छलफल भएको थियो । भेटवार्ताकै क्रममा दुई सेनाबीच उच्चस्तरीय भ्रमण र तालिमहरु लगायत अन्य सहयोगका क्षेत्रमा थप विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो ।
यस भ्रमणले दुई देशबीच रहँदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवं विस्तार गर्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
तपाईको प्रतिक्रिया