काठमाडौं, ६ जेठ । सत्तारुढ नेकपाका प्रवक्ता एवं पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रबारे भारतीय सेना प्रमुख नरवणेले दिएको अभिव्यक्ति सच्याउन आग्रह गरेका छन् ।
प्रवक्ता श्रेष्ठले ट्वीट गर्दै भारतले दार्चुला र लिपुलेक क्षेत्रमा अवैध रूपमा सडक बनाएको विषयमा नेपालको विरोधमा भारतीय सेना प्रमुख नरवणेले दिएको अभिव्यक्ति आपत्तिजनक भएकाले तत्काल सच्याउन आवश्यक रहेको बताए ।
सार्वभौम र स्वतन्त्र राष्ट्रका रूपमा नेपालले आफ्नै पक्षमा खडा रहेको र नेपालको पक्षमा कसैले उभिन नपर्ने भन्दै श्रेष्ठले सेना प्रमुख नरवणेले आफ्नो अभिव्यक्ति तत्काल फिर्ता लिनुपर्ने बताए ।
तपाईको प्रतिक्रिया