भारतीय सेनाले दियो नेपाली सेनालाई एक लाख डोज कोरोना खोप

समाचार

3/29/2021

काठमाडौं, १६ चैत । भारतीय सेनाले नेपाली सेनालाई कोरोना भाइरसविरुद्धको खोप उपहारमा दिएको छ । भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज खोप दिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सेनाले नेपाली सेनालाई उक्त खोप आइतबार बेलुकी दिएको हो । यसअघि भारतले नेपाललाई पहिलो चरणमा दश लाख डोज खोप निःशुल्क दिएको थियो ।

त्यसपछि नेपालले २० लाख डोज किनेको छ । १० लाख डोज आइसके पनि अर्को १० लाख डोज भने आउन बाँकी रहेको छ ।

नेपालले फ्रन्टियर, संचारकर्मी, कुटनीतिक नियोगका कर्मचारी, नेपाल सरकारका कर्मचारी, स्थानीय जनप्रतिनिधि र ६५ वर्षमाथिका सबै नागरिकलाई पहिलो डोज दिएको छ । दोस्रो डोज भने बैशाख ७ देखि दिने कार्यक्रम रहेको सरकारले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ