काठमाडौं, २४ जेठ । नेपाली सेनाले कोभिड विरुद्धको स्वास्थ्य सामग्री भारतबाट नेपाल ल्याएको छ । ती स्वास्थ्य सामग्री लिन नेपाली सेनाका ट्रकहरु भारत तर्फ गएको थियो ।
ट्रकहरूमा कोभिड सम्वन्धि अपरेटिङ्ग हेटलाईट , अटो रिफ्रेक्ट मिटर , बि–प्याड मेसिन, एबीजी मेशिन, ल्याब माईक्रोस्कोप, लाईट क्युरिङ कार्डलेस, आईसियु भेन्टिलेटर, म्यानुअल स्प्रेयर, भाईरस ट्रान्सपोर्ट मिडिया विथ स्वाब, आरडिटी एन्टिजेन किट, एन ९५ मास्क, पिपिई लगायतका सामग्री छन् ।
त्यस्तै भारतले ६ वटा एम्बुलेन्स समेत नेपाली सेनालाई सहयोग पठाएको छ । नेपाली सेना र भारतीय सेनाबीचको आपसी सम्बन्धबाट सहयोग आदान–प्रदानको नियमित प्रक्रिया अन्तरगत उक्त स्वास्थ्य सामग्री आएको र भारतीय सेनाले नेपाली सेनालाई ६ वटा एम्बुलेन्स समेत पठाएको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौड्यालले जानकारी दिए ।
तपाईको प्रतिक्रिया