भारतीय सेना प्रमुख नरवणेद्वारा प्रधानसेनापतिसँग भेट, स्वास्थ्य उपकरण तथा भेन्टिलेटर प्रदान

समाचार

11/5/2020

काठमाडौं, २० कार्तिक । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा तीनदिने नेपाल भ्रमणमा आएका भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले बिहीबार एक विशेष समारोहमा टुडिखेलस्थित सैनिकमञ्चमा रहेको वीर स्मारकमा (शहीद स्मारक) माल्यार्पण गरी शहीदहरुप्रति श्रद्घान्जली अर्पण गरेका छन् ।

तत्पश्चात उनी नेपाली सेनाको जंगी अड्डा पुगेका थिऐ जहाँ नेपाली सेनाको एक टुकुडीले उनको सम्मानमा सम्मानगारत अर्पण गरेको थियो । त्यसलगत्तै जनरल नरवणेले नेपाली समकक्षी प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरे ।

सो भेटमा दुवै पक्षबीच दुई देशका सेनाबीचको सम्बन्ध तथा द्विपक्षीय रक्षा सहकार्य विस्तार गर्नेबारे छलफल भएको थियो । नेपाली सेनाका वरिष्ठ अधिकारीहरुले भारतीय सेनाप्रमुख नरवणे समक्ष ब्रिफिङ् पनि गरेका थिए ।

भारत सरकारको तर्पmबाट जनरल नरवणेले नेपाली सेनाका दुई फिल्ड अस्पताललाई एक्स–रे मेसिन, कम्प्युटेड रेडियोग्राफी सिस्टम, आइसीयु भेन्टिलेटर, भिडियो इण्डोस्कोपी युनिट, एनेस्थेसीया मेसिन, ल्याबउपकरण, एम्बुलेन्स लगायतका स्वास्थ्य सामाग्रीहरु प्रदान गरेका थिए ।

कोभिड–१९ महामारी विरुद्धको लडाइमा अझ सघाउ पु¥याउन नेपाली सेनालाई थप भेन्टिलेटर पनि उपहारस्वरुप प्रदान गरिएको जनाइएको छ । यस अघि गत जुलाईमा भारतीय सेनाले नेपाली सेनालाई भेन्टिलेटर उपहारस्वरुप प्रदान गरेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ