काठमाडौं, ३० साउन । भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको सम्झनामा भारतीय सांस्कृतिक सम्बन्ध परिषद्ले आइतबार एउटा कार्यक्रमको आयोजना गर्ने भएको छ ।
उक्त समारोहमा वाजपेयीको तस्वीर भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को परिसरमा अनावरण गर्ने कार्यक्रम रहेको छ । वाजपेयी र राष्ट्र निर्माणका लागि उनले दिएको योगदानलाई सम्झिदै उनको दोस्रो पुण्यतिथिमा सो कार्यक्रमको आयोजना गरिन लागिएको हो ।
विदेश राज्यमन्त्री वी. मुरलीधरन र भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष एवम् संसद सदस्य डा. विनय सहस्रबुद्घेको उपस्थितिमा भारतका राष्ट्रपति रामनाथ कोविन्दद्वारा भर्चुअल मोडमा अटल बिहारी वाजपेयीको तस्वीरको अनावरण गर्दै सो कार्यक्रम सुरु गरिने जनाइएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थुप्रै पुरस्कारद्वारा सम्मानित, स्वर्ण पदक विजेता, मुम्बईका सुप्रसिद्ध चित्रकार वासुदेव कामतले वाजपेयीको सो क्यानभास तेल चित्र बनाएका हुन् ।
भारतमा आपत्कालीन अवस्थापछि बनेको जनता पार्टीको सरकारको विदेशमन्त्री रहँदा अटल बिहारी वाजपेयीले सन् १९७७ मार्च देखि सन् १९७९ अगष्टसम्म भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को पदेन अध्यक्षका रुपमा काम गरेका थिए ।
आफ्नो विदेशमन्त्री कार्यकालको क्रममा सन् १९७७ मा संयुक्त राष्ट्र संघको महासभामा वाजपेयीले हिन्दी भाषामा भाषण दिएका थिए । यसरी हिन्दी भाषामा महासभामा बोल्ने उनी पहिलो व्यक्ति भए ।
उनको सोच र मार्गदर्शनले गर्दा नै भारतीय सांस्कृतिक सम्बन्ध परिषद्लाई विश्वव्यापी रुपमा अघि बढ्न र फैलिन मद्दत ग¥यो । संसद सदस्यको रुपमा, विदेशमन्त्रीको रुपमा र अन्त्यमा प्रधानमन्त्रीको रुपमा अटल बिहारी वाजपेयीले भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को क्रियाकलापमा विशिष्ट एवम् दिगो प्रभाव छोडेका छन् ।
भारतको बाह्य सांस्कृतिक सम्बन्धसँग सम्बन्धित नीति तथा कार्यक्रमहरुको तर्जुमा एवम् कार्यान्वयनमा सक्रिय रुपमा सहभागी हुन, भारत र अन्य राष्ट्रबीच सांस्कृतिक सम्बन्ध र पारस्परिक समझदारी प्रवद्र्घन एवम् सुदृढ गर्न र अन्य विदेशी राष्ट्र र जनतासँगको सांस्कृतिक आदानप्रदानलाई प्रवद्र्घन गर्न सन् १९५० अप्रिल ९ मा भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को स्थापना भएको हो ।
परिषद्का कार्यक्रमलाई विश्वव्यापी रुपमा कार्यान्वयन गर्नका लागि भारतको विभिन्न राज्यमा १९ वटा क्षेत्रीय कार्यालय तथा विदेशमा ३८ वटा सांस्कृतिक केन्द्रहरु रहेका छन् ।
विगत केही वर्षमा परिषद्को आकार र गतिविधिहरुमा वृद्घि भएको छ र भारतको नरम नीति विस्तार गर्न भारतीय विदेश मन्त्रालयको प्रमुख अङ्गको रुपमा रहेको छ ।
तपाईको प्रतिक्रिया