काठमाडौं, १० साउन । भारतले राजधानी दिल्लीपछि दोस्रो ठाउँमा कोरोना भाइरस भएर निको भएकाहरुको प्लाज्मा बैंक खेलेको छ । उक्त बैंक चेन्नईमा सुरु गरिएको राज्यका मुख्य स्वास्थ्य सचिव राधाकृष्णनले बताएका छन् ।
उनका अनुसार कोरोना भाइरसका बिरामीको उपचारका लागि प्लाज्मा थेरापीको प्रयोगमा राम्रो नतिजा आएको जनाइएको छ ।
अब तेस्रो बैंक तमिलनाडुमा खोल्ने तयारी भएको छ । तमिलनाडु सरकारले बैंक तयार भएको समेत जनाएको छ ।
भारतमा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिने र निको हुनेको रेकर्ड बनेको छ ।
बिहीबार एकैदिन ४८ हजार ४४६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै बढी हो ।
यसअघि बुधबार एकैदिन ४५ हजार ६०१ जना कोरोना संक्रमित थपिएका थिए । त्यो त्यतिन्जेलसम्मकै अहिलेसम्मकै बढी हो । यो संगै कुल संक्रमितको संख्या १२ लाख ८८ हजार १३० पुगेको छ ।
सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा एकै दिन ९ हजार ८९५ जना संक्रमित थपिएका छन् । महाराष्ट्रमा कुल संक्रमित ३ लाख ४७ हजार ५०२ जना पुगेका छन् । मृतक २९८ थपिएर १२ हजार ८५४ पुगेका छन् ।
तपाईको प्रतिक्रिया