काठमाडौं, २८ जेठ । भारतले नेपाली सेनालाई कोभिड–१९ संक्रमण महामारीको रोकथाम, नियन्त्रण र प्रतिकार्यमा आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापालाई सैनिक मुख्यालय जंगी अड्डामा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारतीय सेनाद्वारा सहयोगस्वरुप उपलब्ध गराइएको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली सेनालाई भेन्टिलेटर, आइसियु शय्या, पिपिई सेट र एम्बुलेन्सलगायत स्वास्थ्य सामग्री प्राप्त भएको छ ।
सो अवसरमा प्रधानसेनापति थापाले राजदूत क्वात्रालाई भारतीय सेनाले प्रदान गरेको सहयोगका लागि आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।
तपाईको प्रतिक्रिया