काठमाडौं, ३ असार । सिमा विवाद समाधानका लागि भारतले नेपालसँग वार्ता नगर्ने भएको छ । उसले भन्दै आएको वार्ताको वातावरण तयार गर्ने जिम्मा नेपाली पक्षलाई नै छाडिदिने भएको छ ।
द टाइम्स अफ इन्डियाको अनलाइन संस्करणमा भारतले अब कुनै वार्ताको प्रस्ताव नगर्ने समाचार प्रकाशन गरेको हो । विदेश मन्त्रालयको विश्वस्त स्रोतको भनाई उदृत गर्दै उसले काठमाडौंलाई वार्ताको परिस्थिति बनाउने गरी चुप लाग्ने उल्लेख गरेको छ ।
नेपालले नयाँ नक्शा जारी गरिसकेको अवस्थामा भारतले वार्ताका लागि बढेको पाइला निकालिसकेको भनिएको छ । यसलाई ओली सत्ताको जानीजानी उत्पन्न परिस्थिति भनेको छ ।
यसअघि द हिन्दुस्तान टाइम्सले विदेश मन्त्रालयको स्रोत उल्लेख गर्दै नयाँ नक्शा जारी गर्नु अघि भारतले विदेश सचिवस्तरीय कुराकानीको प्रस्ताव गरेको उल्लेख गरेको थियो ।
विदेश सचिवस्तरीय भ्रमणको समेत प्रस्ताव गरेको भनिएपनि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गत वर्षको कात्तिक देखि सिमा विवादको विषयमा वार्ताको प्रस्ताव गर्दा बेवास्ता भएको खुलाएका थिए ।
तपाईको प्रतिक्रिया