काठमाडौं, २२ बैशाख । विश्वकै सबैभन्दा ठूलो कम्पनी सिरम इन्स्टिट्युट अफ इन्डियाले अहिले अमेरिकी बायोटेक कम्पनी कोडाजेनिक्ससँग मिलेर कोरोना भाइरसविरुद्ध खोप विकास गर्ने प्रयास गरिरहेको छ ।
भारत विश्वमै धेरै मात्रामा औषधि र खोप उत्पादन गर्ने मुलुकमा पर्छ। विश्वका आधाजति ठूला र केही साना खोप उत्पादनकर्ता भारत नै हो ।
उसले पोलियो, मेनिन्जाइटिस, निमोनिया, रोटाभाइरस, बीसीजी, दादुरा, हाडे र रुबेलालगायत रोगविरुद्ध खोप बनाइसकेको छ ।
अहिले भने भारतका आधाभन्दा बढी यस्ता कम्पनी कोरोना भाइरस (कोभिड(१९) विरुद्धको खोप विकासमा जुटिरहेका छन् । तीमध्ये धेरै मात्रामा खोप बनाउने र बिक्री गर्ने विश्वकै सबैभन्दा ठूलो कम्पनी सिरम इन्स्टिट्युट अफ इन्डियाले अहिले अमेरिकी बायोटेक कम्पनी कोडाजेनिक्ससँग मिलेर कोरोना भाइरसविरुद्ध खोप विकास गर्ने प्रयास गरिरहेको छ । जसले भाइरसलाई जीवित रहन दिने तर त्यसका खराब गुण हटाउने खालको खोप निर्माण गरिरहेको छ ।
सिरम इन्स्टिट्युट अफ इन्डियाका प्रमुख कार्यकारी अधिकृत आदर पुनावालाले यो खोप यही महिना जनावरमा परीक्षण गर्ने योजना रहेको जानकारी दिएका छन् । उनले भनेका छन, ‘सेप्टेम्बरसम्म मानिसमा परीक्षण गर्न सक्नेछौं ।’
उनको कम्पनीले अक्सफोर्ड विश्वविद्यालयले विकास गरिरहेको र ब्रिटिस सरकारले समर्थन गरेको खोप ठूलो मात्रामा बनाउन पनि सहकार्य गरिरहेको छ ।
अक्सफोर्डले विकास गरिरहेको नयाँ खोपको आधार चिम्पान्जीबाट प्राप्त भाइरसको अनुवांशिक संरचनामा परिवर्तित रूप हुनेछ ।
तपाईको प्रतिक्रिया