काठमाडौं, ९ जेठ । भारतको रक्षा अनुसन्धान विभागले विकास गरेको कोरोना भाइरसविरुद्धको औषधि २डिअक्सी डी ग्लुकोज (२डीजी) औषधि प्रभावकारी हुने देखिएको छ । यो औषधि चाँडै नै बजारमा आउने ठानिएको छ । यो औषधिको खोज पछाडिका हिरो वैज्ञानिक डा. अनिल कुमार मिश्र हुन् ।
डा. मिश्रले खासगरी मोलिकुलर बायोलोजि र अर्गानिक स्यान्थेसिसमा अनुसन्धान गर्छन् । फ्रान्स, क्यालिफोर्निया, म्याकस प्लेंक, जमर्नीलगायतका देशमा भिजिटिङ प्रोफेसरका रुपमा समेत डा. मिश्रले काम गरिसकेका छन् ।
भारतको रक्षा विभागमा वरिष्ठ वैज्ञानिकका रुपमा सन् १९९७ मा डा. मिश्र जोडिएका थिए । २डीजी ग्लुकोज कम्पाउण्ड हो। यसमा भएका दुई हाइड्रोक्जाइल ग्रुप हाइड्रोजन एटमबाट रिप्लेस गरिएको हुन्छ ।
यसकारण २ डिअक्सी डी ग्लुकोजको अर्थ भनेको दोस्रो स्थानको कार्बनबाट अक्सिजन हटाउनु हो । ग्लुकोज जस्तै डी ग्लुकोज सजिलै शरिरको कोषहरुमा प्रवेश गर्न सक्छ। जहाँ कोरोना भाइरस रहेको हुन्छ। त्यहाँ डी ग्लुकोज पनि पुग्छ ।
यो औषधि कोरोना भाइरसलाई पनि मार्न सफल भएमा यो औषधि कोरोना विरुद्ध रामवाण सावित हुने विश्वास गरिएको छ । चाँडै नै यो औषधिको उत्पादन बढाइने भएको छ ।
त्यस्तै भारतको औषधि अनुसन्धान विभागले कोरोना भाइरसको संक्रमण केही मिनटमै थाहा पाउन सकिने कोभिसेल्फ किटलाई पनि अनुमति दिएको छ ।
तपाईको प्रतिक्रिया