‘भारतले सरकार ढाल्यो भन्ने अनि चिनियाँ राजदूत भेट्ने ?’

समाचार

7/6/2020

काठमाडौं, २२ असार । सत्तारुढ नेकपा भित्र देखिएको विवाद बढ्दै जाँदा उत्तरी छिमेकी चीनकी राजदूत होउ यान्छी सक्रिय भएकी छन् ।

राजदूत यान्छीले नेकपाको विवादमा जोडिएका तीन नेतामध्ये एक माधवकुमार नेपाललाई उनकै निवास कोटेश्वर पुगेर आइतवार राति भेटेकी छन् ।

भेटका क्रममा दुई देशबीचको सम्बन्ध मजबुत बनाउनेसहितका विषयमा कुरा भएको नेता नेपालको सचिवालयले जनाएको छ ।

तर नेकपाको पछिल्लो विवादका प्रमुख पात्रमध्ये एक नेपालसँगको यान्छीको भेटलाई अर्थपूर्ण मानिएको छ ।

यसबारेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रिमोट कन्ट्रोलबाट चल्ने गणतन्त्रले नेपालको हित नगर्ने टिप्पणी गरेका छन् ।

उनले भारतीय राजदूत सरकार ढाल्न सक्रिय भएको आरोप लगाउने नेकपा नेतृत्व र सरकारले त्यही सरकार बचाउन चिनियाँ राजदूतको सहारमा मागेको भन्दै कटाक्ष गरेका छन् ।

‘प्रधानमन्त्री ओली भन्नुहुन्छ, सरकार गिराउन भारतीय राजदूत सक्रिय भए । अर्कोतर्फ चिनियाँ राजदूत सरकार बचाउन नेताहरुको घर पुग्छिन् । के यस्तै रिमोट कन्ट्रोलबाट चल्ने लोकतान्त्रिक गणतन्त्रले नेपालको हित गर्छ? राष्ट्रियता जोगाउन सक्छ?’, उनले प्रश्न गरेका छन्, ‘स्वाभिमान र निर्णायकत्व गुमाएको व्यवस्थाले देश बचाउन र बनाउन सक्दैन ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ