भारतले हाम्रो भूमिफिर्ता गर्नैपर्छ : मन्त्री अर्याल

समाचार

6/13/2020

काठमाडौं, ३१ जेठ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारले नक्सा जारी गरेसँगै अब भूमि फिर्ता ल्याउनुपर्ने अवस्था रहेको बताएकी छिन् ।

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका काम कारवाही र हालसालै नेपाल सरकारले जारी गरेको नेपालको नक्सा सम्बन्धमा आयोजना गरेको बैठकमा बोल्दै उनले भारतसँग वार्ताद्वारा नै नेपालको अतिक्रमण गरिएको भूमि फिर्ता ल्याइने बताइन ।

उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी भूमि नेपालको हो भन्ने सबै तथ्य प्रमाणहरु नेपालको पक्षमा रहेको उल्लेख गरिन ।

उनले शक्तिशाली मुलुक भारतले नेपालजस्तो छिमेकीको मन नदुखाएर अगाडि बढ्नुपर्ने बताइन । मन्त्री अर्यालले सबै छिमेकीसँग समान सम्बन्ध रहने र कसैलाई काखापाखाको व्यवहार नगरिने भन्दै नेपालको कूटनीतिक सम्बन्धहरु छिमेकीसँग समदूरीको नै रहने धारणा व्यक्त गरिन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ