धनगढी, २४ पुस । प्रधानमन्त्रीले केपी शर्मा ओलीले भारतसँगको सम्बन्ध सुधारको प्रयास भइरहेको बताएका छन् । उनले नेपालको भूमि सुरक्षित राखेर भारतसँग सम्बन्ध सुधार गरिने बताए ।
शुक्रबार धनगढीमा आयोजित आमसभामा बोल्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो भएको स्पष्ट पारे ।
‘सुगौली सन्धीपछि पनि हामीले लिपुलेक, लिम्पियाधुरा र कालापानीको भूमि भोगचलन गरेका हौं । ५८ वर्षदेखिे प्रयोग गर्न पाएका छैनौं । त्यसलाई संविधानमा समेटेका छौं,’ उनले भने ।
तपाईको प्रतिक्रिया