काठमाडौं, ३ चैत । सरकारले भारतसँगको सीमाना अनिश्चितकालका लागि आवतजावत बन्द गर्ने भएको छ ।
मन्त्रिपरिषदको बैठकले मालसामान ल्याउने बाहेक अरु आवतजावत बन्द गर्ने निर्णय गरेको हो । भातरसँगको सीमानामा अझै कडाई गर्ने निर्णय भएको छ ।
भारतमा कोरोना भाइरस धेरै फैलिएको र त्यहाँ सामान्य नभएसम्म सीमाना खोल्नु हुँदैन भन्ने निर्णय भएको जनाइएको छ । बैठककले सीमामा सुरक्षा अवस्थालाई थप प्रभावकारी बनाउने निर्णय पनि गरेको छ ।
सीमानामा सुरक्षाकर्मीलाई थप्ने र लकडाउनलाई अझै कडाई गर्ने निर्णय भएको समेत भएको छ ।
तपाईको प्रतिक्रिया