काठमाडौं, १४ असार । नेकपा स्थायी समिति बैठकमा बोल्ने अधिकांश नेताहरुले भारतले मिचेको नेपालको भू–भाग तत्काल फिर्ता ल्याउने तत्काल कूटनीतिक पहल सुरु गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बैठकको तेस्रो दिन बोल्ने केही नेताहरुले भारतले मिचेको जमिन फिर्ताको लागि यो विषयलाई अन्तर्राष्ट्रियकरण गरेर जानुपर्ने बताएका छन् ।
सरकारले भारतले मिचेको लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नयाँ नक्सा जारी गरेपछि पहिलोपटक बसेको नेकपा स्थायी समिति बैठकमा जमिन फिर्ताको लागि अन्तर्राष्ट्रियकरण गर्न केही नेताले सुझाब दिएका हुन् ।
नेताहरु देवेन्द्र पौडेले, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, रघुजी पन्त, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, युवराज ज्ञवाली, नन्दकुमार प्रसाईँ, लेखराज भट्ट, मणि थापा, वामदेव गौतम, पृथ्वीसुब्बा गुरुङ, घनश्याम भुसाल, ईश्वर पोखरेल, लेखराज भट्ट, शक्ति बस्नेत, योगेश भट्टराई, विष्णुपुकार श्रेष्ठ र पुष्प कँडेलले त्यस्तो सुझाव दिएका हुन ।
तपाईको प्रतिक्रिया