भारतसँग कोरोना खोप खरिद गरिने

समाचार

2/7/2021

काठमाडौं, २५ माघ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले भारतबाट कोरोनाविरुद्धको खोप खरिदको प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् ।

विभागमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतको सेरम इन्स्टिट्युटले उत्पादन गरेको कोभिशिल्ड खोप खरिद गर्न लागेको हो । उक्त खोप अक्सफोर्ड विश्वविद्यालय र एस्ट्रोजेनिकाले विकास गरेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले पनि यसअघि नै खरिदको प्रक्रिया अघि बढेको सार्वजनिक कार्यक्रममै बताएका थिए ।

सरकारले २० लाख डोज खोप खरिदको लागि प्रस्ताव गरेको हो । तर, विश्वभर नै खोपको माग भएकाले कम्पनीले कति खोप दिनसक्छ त्यही मात्रामा खोप ल्याउने तयारीमा स्वास्थ्य मन्त्रालय छ ।

गत माघ १४ गतेबाट नेपालमा भारत सरकारले उपहारमा दिएको सेरम इन्सिच्युटको खोप अग्रपंक्तिमा खटिनेहरुलाई लगाइन थालिएको छ । उक्त पहिलो चरणको खोप अभियान शनिबारसम्म चल्नेछ ।

भारतले दिएको १० लाख डोज खोप ४ लाख ३० हजार अग्रपंक्तिमा खटिनेलाई लगाउने योजना बनाए पनि सो संख्यामा खोप लगाउन नपुग्ने भएपछि पहिलो चरणमा खोप बच्ने भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ