काठमाडौं, १९ जेठ । भारतसँग सरकारी स्तर (जीटुजी)मा रासायिनक मल खरिद गर्न मन्त्रिपरिषद्ले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।
मन्त्रिपरिषदको सहमतिपछि भारतसँग अभावका बेला मल खरिद गर्ने प्रक्रिया एक कदम अघि बढेको कृषि मन्त्रालयले जनाएको छ ।
मल खरिद एमओयूका लागि भारतले पठाएको मस्यौदामा मन्त्रालयले कानुन र परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर मन्त्रिपरिषदमा पठाएको छ ।
तर नेपालमा अभाव भएका बेला भारतबाट सस्तो र गुणस्तरीय मल खरिद गर्न सैद्धान्तिक प्रस्ताव मन्त्रिपरिषदमा पेश भएको र निर्णयको औपचारिक जानकारी आइनसकेको कृषि सचिव डा. योगेन्द्र कुमार कार्कीले बताए ।
नेपालको कुल रासायनिक मल मागको २० देखि २५ प्रतिशत मल भारतबाट ल्याउने र सो मल अन्तर्राष्ट्रिय बजार मूल्य भन्दा सस्तो र समान गुणस्तरको हुने जनाइएकोछ ।
तपाईको प्रतिक्रिया