भारतसँग तत्काल वार्ता चाहेका छौं : परराष्ट्रमन्त्री ज्ञवाली

समाचार

5/11/2020

काठमाडौं, २९ बैशाख । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले सीमा विवाद समाधानको लागि भारतसँग वार्ताको पहल भइरहेको जानकारी दिएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा बोल्दै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् । उनले सरकारको प्राथमिकता वार्ताबाट समस्याको समाधान गर्नु रहेको बताए ।

उनले दुवै पक्षले स्वीकार गरेको पक्ष भनेको परराष्ट्र सचिवस्तरीय वार्ता नै हो भन्दै प्रधानमन्त्री वा परराष्ट्रमन्त्री तहमा तत्काल कुरा गर्न नचाहेको बताए ।

उनले भने, ‘हामीले कोरोना नियन्त्रणपछि नभई भारतसँग तत्कालै वार्ता चाहेका छौं । त्यसको लागि कुटनीतिक तवरमा पहल भइरहेको छ ।’ त्यस्तै उनले सीमा विवाद अहिले नै अन्तर्राष्ट्रियकरण गर्ने पक्षमा सरकार नरहेको स्पष्ट पारे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ