भारतसँग सीमामा झन् कडाई

समाचार

4/14/2020

काठमाडौं, २ बैशाख । भारतसँग सीमा जोडिएका जिल्लाहरुमा सुरक्षाकर्मीको गस्ती बढाइएको छ । सीमाबाट लुकिछिपी आवतजावत रोक्न र लकडाउनको पूर्ण पालना गराउन गस्ती बढाइएको हो ।

गृहमन्त्री रामबहादुर थापा बादलले पहाडका जिल्लामा रहेका सुरक्षाकर्मीलाई पनि आवश्यक परेमा तराईका सीमा क्षेत्रमा खटाउन निर्देशन दिइसकेका छन् । सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनाललाई उक्त निर्देशन दिइएको बुझिएको छ ।

यसअघि भारतमा कोरोना भाइरसको संक्रमण बढेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सीमामा अझ कडाई गरिने बताएका थिए ।

विभिन्न जिल्लाका भारतसँग सीमा जोडिएका एक सय किलोमिटर सम्मको क्षेत्र शिल्ड गरेर सुरक्षाकर्मीलाई खटाइएको छ । सीमामा आवातजावतमा कडाई गरेर भारतसँग पनि समन्वय गरी कोरोना फैलन नदिने रोकथाम उपाय चलाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ