भारतसँग सीमा जोडिएका सिरहाका सबै नाका बन्द

समाचार

5/6/2021

लहान, २३ बैशाख । नेपाल–भारतसँग जोडिएका सिरहाका सबै सिमानाका सिल गरिएको छ ।

कोभिड–१९ को संक्रमण तीव्र गतिमा फैलिँदै गएपछि रोकथाम तथा निन्त्रणका लागि भन्दै सिरहाका सबै सिमानाका सिल गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए ।

भारतीय सीमाक्षेत्रसँग जोडिएका ठाडी, बरियारपट्टी, औरही, झाझपट्टीलगायत सबै नाकाबाट आवतजावत गर्न अब पूर्ण रोक लगाइएको उनले बताए ।

बढ्दो कोभिड–१९ को जोखिमलाई दृष्टिगत गरी भारतीय सीमासँग जोडिएका नाका सिल गरिएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ