जनकपुरधाम, १९ चैत । भारत बिहारको सीतामढीमा भेटिएका महोत्तरीको भंगहा नगरपालिका ८ धर्मपुरका सातजना किशोरीलाई परिवारको जिम्मा लगाइएको छ ।
महोत्तरी प्रहरीले जलेश्वर ल्याएर उनीहरुलाई परिवारजनको जिम्मा लगाएको प्रदेश २ प्रहरी प्रमुख डिआइजी धीरज प्रतासिंहले जानकारी दिए ।
सीतामढीमा फेला परेका उनीहरुलाई भारतीय प्रहरीले उद्धार गरेको थियो । भारतीय प्रहरीले नेपाल प्रहरीलाई जिम्मा लगाएपछि परिवारलाई जिम्मा लगाउने सहमति भएको थियो ।
दोषी पत्ता लगाउन घटनाको अनुसन्धानमा तथा थप सोधपुछको लागि बालिकाहरूलाई राखेर परिवारजनसँग घर पठाइएको छ ।
भँगाहा नगरपालिका ८का सातजना किशोरी मंगलबार दिउँसो घाँस लिन गएको बेलादेखि बेपत्ता भएका थिए ।
सीतामढी प्रहरीले उद्धार गरेपछि किशोरीहरुले आफुहरु गायिका बन्न हिँडेको बयान दिएका थिए । यसले उनीहरुलाई बाहिर लैजानमा कसैको संलग्नता भएको हुन सक्ने आशंका गरिएको छ ।
तपाईको प्रतिक्रिया